सरकार विरुद्ध कांग्रेसका जिल्ला सभापतिले जागरण अभियान चलाउने

रिपोर्ट नेपाल | 2019 Apr 03 | 07:07 pm 1776

काठमाडौं, चैत्र २० : स्वतः प्रतिनिधि बन्ने प्रावधान हटाउनु पर्ने माग सम्बोधन नभएपछि कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला ठमेलस्थित काठमाडौं होटलमा सुरु भएको छ ।

बिहीबारसम्म चल्ने भेलामा ५१ जिल्लाका सभापतिहरु सहभागी हुने छन् । सबै जिल्लाका सभापतिहरु आइ नपुगे पनि सहभागी हुन आउँदै गरेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए ।

आजको बैठकमा विषय प्रवेश नगरी बारा र पर्सामा भएको दुःखद घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पन गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । बैठकले त्यस दुःखद घटनामा परेकाहरुलाई वितरण गर्ने राहत सामाग्रीमा सरकारले राजनीतिक पूर्वाग्रहराखी काखा र पाखा गरेकोमा रोस प्रकट गरेको छ ।

सरकारको रबैया प्रति आक्रोशित हुँदै बैठकले सरकारको सर्वसत्तावाद विरुद्ध मेचिकाली जागरण अभियान चलाउने निर्णय गरेको छ । बारा र पर्साका हावाहुरी पीडित जनताका राहतका लागि ७७ वटै जिल्ला सभापति स्थलगत गई राहत वितरण गर्ने नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.