सरकार भ्रष्ट्राचारमा डुबेको माले अध्यक्ष मैनालीको आरोप

रिपोर्ट नेपाल | 2019 Aug 29 | 12:49 pm 2505

काठमाडौं, भदौ १२: नेपाल कम्युनिस्ट पार्टी मालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सिपी मैनालीले वर्तमान केपी ओली नेतृत्वको सरकार कम्युनिस्टको नभएर कमाउनिष्टको सरकार भएको आरोप लगाएका छन् ।

बिहिबार रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष मैनालीले दुई तिहाई समर्थन रहेको सरकारबाट नेपाली जनताले थुप्रै आशा र भरोसा गरेका थिए । तर, दुर्भाग्य जनताको आशालाई सरकारले तुषरापात गरिदिएको छ ।

सरकारका वरिपरी बस्ने मान्छेहरु यतिखेर राज्यको ढुकुटीमाथि बुर्कुसी मार्दै कमाउनका लागि प्रतिष्पर्धा गरेको मैनालीको भनाई रहेको थियो । सरकारको कार्यशैली जनविरोधी भएका कारणले जनताले दलका नेताहरुलाई वितृष्णा गर्न थालेको पनि मैनालीको भनाई रहेको थियो ।

स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रीय सरकारसम्म सबै ठाउँ भ्रष्ट्राचार मौलाएको बताउँदै यसलाई नियन्त्रण गर्ने निकाय रमिते भएर बसेको मैनालीको आरोप रहेको छ । कम्युनिस्टको खोल ओढेर भ्रष्ट्राचारमा चुर्लम्म डुबेको वर्तमान सरकार जनविरोधी भएको मैनालीको कथन रहेको छ ।

आफ्ना गणेश प्रवृत्तीका कार्यकर्तालाई राष्ट्रको ढुकुटीबाट पैसा बाड्ने र कहाँ कहाँबाट कमिसन आउँछ त्यता पट्टी ध्यान दिने काम बाहेक जनताले वाह भन्ने कुनै काम नभएको अध्यक्ष मैनालीको ठहर छ ।

साधान र स्रोत बिना दर्जनौंको संख्यामा योजना हालेर एक दुई वटा काम गरेर अरु सबै कागज मिलाएर योजनाको रकम खाने काम भएको पनि उनको आरोप छ । यिनीहरुका कारण जनता दिन प्रति दिन दलिय व्यवस्थाका विरुद्ध संगठित हुन लागेको बताउँदै समयमै सच्चीएर अगाडि नबढे भावी पुस्ताले धिक्कार्ने पनि मैनालीको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.