सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

| 2023 Dec 05 | 04:02 pm 241

 

काठमाडौं, मङ्सिर १९ ।   नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका छन्। महामन्त्री शर्माले सरकारबाट भएका कमी–कमजोरीको  आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने र नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरे।

सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाए। पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयनभन्दा पनि नीति बनाउने कुरामा पार्टीका नेता हुनुपर्नेमा जोड दिए। महामन्त्री शर्माले भने, ‘मिसन– ८४ का लागि चिन्ता लिन पर्दैन। ०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.