सरकार टुक्का र भाषणमा मात्र सिमित भयो : भट्टराई

| 2020 Oct 22 | 10:44 am 3263

काठमाडाैं, कात्तिक ६ः भर्चुअल माध्यमबाट नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागको पहिलो बैठक बुधबार विभिन्न बिषयमा छलफलका लागि बसेको छ।  बिभागको काम कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन काठमाडौंमा विभागको सम्पर्क कार्यालय छिट्टै स्थापना गर्ने पनि निर्णय भएको छ।

कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट भएको बैठकमा विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरुको विवादलाई वैधानिक ढंगले समाधान गर्दै जाने र अधिबेशन गर्न बाकिरहेका जनसम्पर्क समितिहरु लाई छिटै अधिबेशन गराई पूर्णता दिने निर्णय भएको विभागका प्रमुख तथा कांग्रेस केन्द्रीय सदस्य गोविन्द विभाग प्रमुख  भट्टराईले बताए।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना कहरका कारण रोजगारी गुमाएका नागरिकको मात्रै नभएर देशभित्रै महामारीको चपेटामा परेका नागरिकको परिक्षण र उपचारबाट सरकार भागेर लाचारीपन देखाएको भन्दै भट्टराईले आलोचना गरे।

१४औं महाधिवेशनको अगाडि देखिएको क्रियाशील सदस्यता तथा नविकरणको समस्याको नीतिगत समाधानको विषय केन्द्रीय कार्यसमितिमा छलफलका लागि विभागको प्रमुखले पेश गरेर समाधान खोजिने बताइएको छ।

सर्वसत्तावादी कम्युनिष्ट सरकारले आफ्नो सबै ध्यान केबल सत्ता, शक्ति र अलोकतान्त्रिक गतिविधिमा केन्द्रीत रहेको आरोप लगाउँदै सरकारको सर्वसत्तावादी चरित्रविरुद्ध देशभित्र र बाहिर रहेका नेपाली जनता एकताबद्ध हुन र लोकतन्त्र र संविधानको रक्षा गर्न प्रजातन्त्रवादी हरु एकजुट हुनुपर्ने बेला आएको उनले बताए।

सर्वहारा, गरिव, सुकुम्वासी जनताको नारा दिएर चुनावमा मत पाएको कम्युनिष्ट सत्ता अहिले तिनै जनताको वेवास्ता गरेर निहित स्वार्थमा केन्द्रीत भएको आरोप  विभाग प्रमुख भट्टराईले लगाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.