सरकार अझ बढी आक्रामक भएर अघि बढ्ने – मन्त्री खनाल

रिपोर्ट नेपाल | 2018 Jun 06 | 02:18 pm 4754

तेजेन्द्र केसी,

बुटवल जेठ २३: संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको जग्गाजति दलालको हातमा रहको खुलासा गरेका छन् ।
देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको दाबि गरे ।
रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको उल्लेख गरे ।
भुमिसम्बन्धि नीति, ऐन भु उपयोग नीति लगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम चालिने उनले बताए ।
मैले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको छु , नीति बाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ उनले सुनाए ।
कृषिको लागी हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने उल्लेख गरे ।
अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागी पहल गर्ने बताए ।
नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउदै उनले देशमा रहेका मोहीहरु हटाउने दाबि गरे ।
कार्यक्रममा बोल्दै मन्त्री खनालले अहिलेको सरकारबाट जनताको अपेक्षा अनुसारको गति नआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताए ।
नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्त्यको लागी सरकार लागी पर्ने उनको कथन थियो । मन्त्री खनालले कृषिमा रहेको सिण्डिकेट हटाउने दाबि गरे ।
कृषिको लागी आवश्यक मल, किटनाशक बिसादी लगायतका कुराहरु सिण्डीकेटकै सञ्जालभित्र रहेको बताउदै उनले भने –‘मालपोत, नापी, वकिल देखि अदालतसम्म जोडिएको दलालको गिरोहको संजाल छ । ’
जग्गा दलालको गिरोहले गर्दा रुपन्देहीमा यहि दरमा जग्गाको कारोबार गरेमा अबको १० भित्र सबै बस्तुहरु किनेर खानुपर्ने उनको दाबि थियो ।
यो समस्या रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका क्षेत्रहरुमा ठुलो रुप लिएको बताए ।
‘यसअघि पनि हजारौं पटक अनुगमन भए,तर यस्को कुनै अर्थ देखिएन, उनले भने आबश्यक नीति बनाएर अघि बढ्न जरुरी छ । ’
बहुमतको सरकार चल्ने तरिका अझै शुरु नभएको बताउँदै सरकार अझै कठोर भएर अगाडि बढ्ने बताए । मन्त्री खनालले प्रत्यक्ष कार्यकारी राष्टपतिको एजेन्डा अगाडि बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।
‘हामीले हिजो उठाउदै आएको प्रत्यक्ष कार्यकारी राष्टपतिको एजेन्डा अगाडि बढाउछौं,यो आवश्यक छ देशले खोजिरहेको छ। कार्यक्रम प्रदेश कार्यालय प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
तेजेन्द्र केसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.