सरकारी सर्भरमा समस्या, सेवाग्राही मारमा

रिपोर्ट नेपाल | 2019 May 05 | 05:19 pm 2121

 काठमाडाैं, वैशाख २२ : राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) को सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सरकारी सेवाहरु प्रभावित भएका छन् । साढे १० बजेदेखि सर्भरमा समस्या आएका जीआइडीसीका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार ट्राफिक भएका कारण नेटवर्कमा समस्या आएको छ ।

‘साढे १० बजेसम्म राम्रो काम भइरहेको थियो,’ उनले भने, ‘ट्राफिक बढी भएका कारण समस्या देखियो। अबको केहीबेरमै समस्या समाधान हुन्छ।’

देशभरका सरकारी निकायका वेबसाइट र अनलाइन डाटाबेस जीआइडीसीको सर्भरमा राखिएको छ। जीआइडीसीको सर्भरमा समस्यद देखिँदा अनलाइनमार्फत काम हुने मालपोत, यातायात र राहदानी विभागजस्ता सरकारी निकायमा समस्या देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.