सरकारी वकिलको कार्यालयले माग्यो रविमाथि अनुसन्धान गर्न थप २५ दिनको म्याद

| 2024 Nov 10 | 02:25 pm 369

काठमाडौँ २५ कार्तिक / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चौँथोपटक म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।

लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले थप २५ दिनको म्याद माग गरेको छ। लामिछानेको म्याद थपबारेको बहस न्यायाधीश नवराज दाहालको इजलासमा भइरहको छ।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई तेस्रोपटक कात्तिक २० गते अदालत पेस गरिएको थियो।

कात्तिक १४ गतेदेखि लागू हुने गरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले म्याद पाएकोमा उक्त म्याद आज सकिएको हो। त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक १० दिन थपिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.