सरकारविरुद्ध नेविसंघको प्रदर्शन

| 2024 Apr 07 | 01:53 pm 417

काठमाडौँ २५ चैत / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ ।  संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । सोक्रममा प्रहरीले हस्तक्षेप गरी केहीलाई नियन्त्रणमा लिएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरूले नारा लगाएका थिए ।

सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा ६ जना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.