काठमाडाैं, असोज ३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका छन्। आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत शाहले सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका हुन्।
उनले फेसबुक स्टाटसमा भनेका छन्,’संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन।’
उनले शिक्षकहरुलाई स्कुल बन्द गरेर पठन पाठन मा अवरोध नगर्न आग्रह गर्दै अवरोध पुर्याएमा कानुन (संविधान) अनुसार कारबाही हुने पनि जनाएका छन्।
उनको स्टाटस जस्ताको तस्तै :
