सरकारले फेरि बढायो १० दिनमै पेट्रोलियम पदार्थको मूल्य

| 2018 Sep 18 | 06:26 am 3048

काठमाडौं , असोज २: सरकारले १० इन्धनको मूल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय मूल्य कमजोर भएपछि नेपाली बजारमा इन्धनको मूल्यमा बृद्धि भएको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशन शुशील भट्टराईले बताए।

आयल निगमले स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन गरेको हो । समायोजित मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा बृद्धि भएको छ ।

निगमले १० दिन अघि २० भदौमा मात्रै इन्धनको मूल्यमा भारी बृद्धि गरेको थियो । आइतबार भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य अनुसार १ अर्ब ३ करोड मूल्य घाटा हुने भएकाले इन्धनको मुल्य बृद्धि भएको भट्टराईले बताए ।

पुरानो मूल्य अनुसार आयल निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ १२ पैसा नोक्सान हुने उनको भनाइ छ । सरकारले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा समान ३/३ रुपैयाँ बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.