सरकारले प्रेस स्वतन्त्रतामाथि धावा बोल्योः महामन्त्री कोइराला

रिपोर्ट नेपाल | 2018 Sep 13 | 12:26 pm 3732

काठमाडौं, भदौ २८: नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले सरकार प्रेस स्वतन्त्रतालाई ध्वस्त परेर निरंकुशताको बाटोमा अघि सरेको बताएका छन् ।

बिहिबार बिहान रिपोर्ट नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले समाचार लेखेकै भरमा पत्रकारको हातमा हथकडी लगाउनु र पत्रकारलाई बयान लिइनु आपत्तिजनक भएको बताए ।

महामन्त्री कोइरालाले पत्रकार राजु बस्नेतलाई पक्राउ गरिएकोमा घोर आपत्ति जनाउदै विनासर्त रिहा गर्न सरकार समक्ष माग गरेका छन् । पक्राउ गरिएको दुःखद् भएको बताउदै महामन्त्री कोइरालाले यसरी प्रेस स्वतन्त्रतामाथि बोलिएको धावा प्रति नेपाली कांग्रेस गम्भीर भएको बताए ।

पक्राउ गरिएका बस्नेतलाई अविलम्ब रिहा गर्न माग गर्दै नेता कोइरालाले रिहा गर्न आलटाल गरे सरकारले त्यसको मूल्य महंगो चुकाउनु पर्ने चेतावनी दिएका छन् । पत्रकारको कलम खोसेर सरकार सर्वसत्तावाद र अधिनायकवाद तर्फ उन्मुख भएको उनको भनाई थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.