सरकारले कहिलेसम्म ढाँट्‍ने ?

| 2018 Dec 03 | 07:38 am 1476

काठमाडौं, मैसिर १७ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले जनतालार्इ पटक-पटक ढाँट्‍ने र छल्‍ने काम गरेको बताएको छन्।

‘सरकारले गरेको हरेक निर्णयहरु व्यक्ति र पार्टीको स्वार्थ अनुकुल हुँदा विवादित बन्‍न पुगेका छन्’, उनले भने, ‘यही विवाद र आलोचनाबाट बच्‍नका लागि सामाजिक सुरक्षा योजनालार्इ अघि सारिएको हो।’

उनले सरकारप्रति जनआक्रोश र नैराश्‍यता बढीरहेको बेला त्यसबाट बच्‍नका लागि सामाजिक सुरक्षा कार्यान्वयनका लागि अघि सारिएको बताए। उनले भने, ‘यो नयाँ युगको प्रचार नै जनतालार्इ ढाँटेको छ। सामाजिक सुरक्षा योजना कार्यक्रम तत्कालिन नेपाली कांग्रेसका सभापति शुशिलप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ससंदमा टेबल भएको थियो भने पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पारित भएको थियो। अब पारित भएको कुरा कार्यान्वयन गर्नु त सरकारको दायित्व नै हो।’

उनले यो कार्यान्वयनप्रति देखाएको सक्रियता सकारात्मक कदम हो र यसमा कांग्रेसको साथ र समर्थन रहेको बताए। कार्यक्रम गृहकार्य नगरी कार्यान्वयनको घोषणा गर्दा चुनौति हुने उनले बताए।

सासंद थापाले एसिया प्यासिफिक सम्मेलन बौद्धिक चरित्रता उदाङ्गो बनाइ दिएको प्रस्ट पारे। उनले भने, ‘यो धर्मान्तर कम र धन्‍दा धेरै गर्ने संस्था हो। नेपाल सरकारले जति ढाँटे पनि प्रधानमन्त्री सोल्टीमा गएर बस्‍ने र आफू नै सक्रिय भएर विश्वभरका नेतालार्इ निम्तो पठाउने काम कहाँबाट लुक्छ।’

यो कार्यक्रम आयोजना गर्न यसअघिका प्रधानमन्त्रीलार्इ पनि प्रस्ताव आएका उल्लेख गर्दै उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुले यस्तो धन्दावाद प्रस्ताव इन्कार गरेको र अहिलेको प्रधानमन्त्री ओली नराम्रो गरी प्रयोग हुनुभयो। संसारभर विवादित भएको कार्यक्रमको धन्दा नेपालमा फस्टाउन ओलीजीले सहयोग गर्नुभयो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.