सरकारलार्इ दुर्इतिहार्इकाे दम्भ नदेखाउन नेता पाैडेलकाे चुनाैती

रिपोर्ट नेपाल | 2018 Jun 08 | 04:32 pm 3328

तनहुँ, जेष्ठ २५: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राजनिति बजारमा चर्चा चलार्इएको कार्यकारी राष्ट्रपति व्यवस्था कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । नेता पौडेलले तनहुँको बन्दीपुरमा शुक्रबार ४ नम्बर प्रदेशको प्रथम साधारणसभालाई सम्बोधन गर्दै नेपालका लागि बहुलवादमा आधारित संसदीय व्यवस्था नै उपयुक्त भएको जिकिर गरे। ‘प्रचण्डले कार्यकारी राष्ट्रपति व्यवस्थाको कुरा गरेर राजनीतिक विवाद उत्पन्न गर्न खोजेको उनले आरोप लगाए । उनले भने, ‘राजनीतिक विवादले देशलाई फेरि विकास हुनबाट रोक्ने भएकोले सत्ताको अहंमता छोड्न सत्ताधारी दललार्इ आग्रह गरेका छन् । राजनीतिक विवादका कारण नेपालको विकास पछि परेको उनको कथन थियो। संविधान जारी गर्दा जसरी दलिय एकता थियो अव संविधानलार्इ अक्षरस पालना गर्नका लागि सबै पार्टी दलगत स्वार्थ भन्दा माथि उठ्न जरुरी रहेको बताए । तर, दुई तिहाई बहुमतको बलमा कार्यकारी राष्ट्रपति व्यवस्था गर्न खोजे लोकतन्त्र खतरामा पर्ने उनले चेतावनी दिए। नेपालमा उत्कृष्ट संविधान जारी भएको छ। अब संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धि बनाउनुपर्नेमा नेता पौडेलले जोड दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.