काठमाडौँ २१ असार / नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको जानकारी पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद् महासचिवलाई पत्र लेख्दै संघीय संसद् सचिवालयलाई जानकारी गराएका छन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ । पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गरेका छन् ।
प्रमुख सचेतक बर्तौलाले एमाले संसद्मा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराएका छन् । कांग्रेस-एमालेबीच नयाँ गठबन्धनको सहमति भएपछि एमालेका मन्त्रीहरुले बुधबार नै राजीनामा दिएर सरकार छोडिसकेका छन् ।