सरकारबाट बाहिरिने एमालेको तयारी

| 2023 Feb 24 | 09:25 pm 1257

काठमाडौं, फागुन १२ः नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको वैठकल राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि (शनिबार) बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएको एमालेका एक नेताले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.