सरकारको साझा न्युनतम कार्यक्रम (पूर्णपाठ)

| 2023 Apr 06 | 07:45 pm 521

काठमाडौं, चैत २३ः प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको १० दलीय गठबन्धनले सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरवारमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

प्रधानमन्त्री प्रचण्डले अहिले विवादमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ कार्यक्रममा समावेश गरेका छन् । गठबन्धनले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी रहेका काम दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता लिएको छ । त्यसका लागि द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूर्णको व्यवस्था गर्ने नीति सरकारको छ । सरकारले शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिको कार्यान्वयन गर्ने नीतिसमेत साझा न्युनतम कार्यक्रममा समावेश गरेको छ ।

संसदमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशिघ्र पारित गरी आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराउने साझा न्युनतम कार्यक्रममा उल्लेख छ ।

त्यस्तै तत्कालीन सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता तथा तराई-मधेस लगायतका आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीहरूबीच भएका सहमति र सम्झौताहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्ने, देशका विभिन्न भागहरूमा भएका आन्दोलनको क्रममा लगाइएका मुद्दाहरूको पुनरावलोकन गर्ने, झुठा मुद्दाहरू खारेज गर्ने र राजनीतिक प्रकृतिका बन्दीहरूलाई रिहाइ गर्ने र आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग अवसर र पुनर्स्थापन सम्बन्धी कार्य गर्ने सरकारले प्राथमिकतामा राखेको छ ।

सडक बिजुली पानी ढल सञ्चारलगायत विकास निर्माणका कार्यमा सम्बन्धित निकायका बिचमा एकीकृत र समन्वायत्मक ढंगले निर्माण संचालन र परिचालन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिष्तद्का कार्यालयमा समन्वय इकाइ गठन गर्ने, न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
पूर्णपाठ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.