काठमाडौँ ११ चैत २०८१ / काठमाडौं महानगरपालिका मेयर बालेन शाहले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत्आफ्ना कर्मचारीलाई एक हप्ताभित्र तलब नआए कडा कदम चाल्ने चेतावनी दिएका छन्।
उनले विगत तीन महिनादेखि सरसफाइ कर्मचारीहरू तलब नपाएको भन्दै आक्रोश व्यक्त गरे। सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन ।
अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’’ यसअघि पनि शाहले सिंहदरबारलाई आगो लगाइदिने चेतावनी दिएका थिए ।
‘काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्, यो सरकारको दम्भले,’ उनले लेखेका छन्, ‘को कोले के के आन्दोलन गर्छन्, मलाई थाहा छैन। तर अबको एक साताभित्र हाम्रो कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु।’
राजनीतिक दलतर्फ संकेत गर्दै मेयर शाहले थप लेखेका छन्, ‘त्यसपछि हेरौँला, तिमीहरूको के कस्तो तन्त्र छ ।’