काठमाडाैं, साउन १ । अहिले शहरमा मात्र नभएर गाँउ घरमा समेत आफ्नो जन्म दिन तामझामका साथ मनाउने प्रचलन वृद्धी भइरहेको छ । केक काट्ने र रेस्टुरेन्टमा पार्टी दिने प्रचलनको वृद्धीसँगै आज जन्म दिन परेकी एक महिलाले त्यस्ता कृयाकलापलाई निरुत्साहित गर्न आफ्नो जन्म दिन अपाङ्ग, अशक्त सँग मनाएकी छिन ।

राजधानीस्थित चन्द्रागिरी नगरपालिकाकी सम्झना प्रधानले आफ्नो जन्मदिन बुढानिलकण्ठको गल्फुटारमा रहेको रिमा सेवा सदनका ५८ जना वृद्ध, अपाङ्ग, अशक्त, महिला बालबालिकासँग बसेर विहानको खाना खाएर मनाएकी हुन । हिन्दु नेपालीहरुकाे चाडपर्वकाे शुरुवात साउने सक्रान्ती पर्वमा सम्झनाले आश्रितहरुलाई खाना खुवाएर तामझाम गरेर मनाउनेहरुलाई राम्रो चेतनामुलक शन्देश दिएकी छिन।
लायन्स क्लव न्यू मेट्रो सिटीकी द्वितीय उपाध्यक्ष एव सफल महिला उद्यमी सेवा केन्द्रकी अध्यक्ष समेत रहेकी सम्झनाले रिमा सेवा सदनमा आश्रीत जीवन विताएका सहसी वृद्ध अपाङ्गलाई सम्झने लायकको कार्य गरेर प्रशंसनीय कार्य गरेकी छिन् । सम्झनाकाे जन्मदिनको अवसरमा आयोजित कार्यक्रमा क्लवका अध्यक्ष मुकेश पाठक, विनोद सिलवाल, कलाकार एवं निर्देशक विनोद केसी लगायतको उपस्थिती रहेको थियो ।
