समीकरण बदलिँदा राजनीतिक सङ्कट निम्तियो भनेर कांग्रेस आत्तिँदैन :विश्वप्रकाश शर्मा

रिपोर्ट नेपाल | 2024 Mar 23 | 06:57 pm 3521

काठमाण्डौ १० चैत / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीति सुधार गर्छु भन्ने दलले नै आरोपित व्यक्तिलाई अनुसन्धान गर्ने निकायको नेतृत्वमा पठाउँदा आम जनतामा शंका उत्पन्न भएको बताएका छन् । उनले संसद्मा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको उल्लेख गरे ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ दिनको पुण्यतिथिमा नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जली सभा’मा उनले झापा कांग्रेसको सङ्गठन निर्माणमा बुढाथोकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै झापा कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

स्वर्गीय बुढाथोकीले समाजलाई सङ्गठित रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। “स्वर्गीय बुढाथोकीमा खुला सम्बन्ध, कार्यकर्ताको काम गर्न रुचाउने, मनमा जे लाग्यो त्यही गर्ने, हक्की र आँटिलोपन थियो, जसका कारण उहाँ झापा कांग्रेस र सिङ्गो पार्टीभित्र सबैले रुचाइएको व्यक्ति हुनुहुन्थ्यो शर्माले भने।

महामन्त्री शर्माले संसद्मा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको भन्दै राजनीति सुधार गर्छु भन्ने दलका आरोपित व्यक्ति नै अनुसन्धान गर्ने निकायमा पठाउँदा आम जनतामा शंका उत्पन्न भएको उल्लेख गरे।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्र सुब्बा लिम्बुले स्वर्गीय बुढाथोकी झापामात्र नभई सिङ्गो मुलुकको नेता भएको बताए। उनले बुढाथोकीको योगदानलाई अगाडि बढाउन झापा कांग्रेस र सिङ्गो पार्टी लाग्नुपर्ने उल्लेख गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.