समितिले दिने प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुन्छ : मन्त्री पाण्डे

| 2024 Oct 24 | 12:55 pm 281

काठमाडौँ, ०८ कार्तिक / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालय सम्हालेको १०० दिनमा भएका कामबारे जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमा पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेका मन्त्री पाण्डेले धर्मशाला विवादबारे कानूनी र शान्तिपूर्ण समाधान खोज्ने गरी अध्ययन समिति गठन गरेको बताए ।

उनले पशुपति क्षेत्र विकास कोषले मन्त्रालयलाई नै जानकारी नदिई धर्मशाला सञ्चालनको व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई दिएको पनि उल्लेख गरे । उनले मारबाडी सेवा समिति अदालत गएकाले अदालतको आदेशलाई पनि सम्मान गर्दै अघि बढ्ने बताए ।

हवाई क्षेत्र सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन भएको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमितरूपमा अन्तर्राष्ट्रिय उडान गराउन आवश्यक सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.