समान पेन्सनको पहल गरिदिन वसन्तको प्रधानमन्त्रीलाई आग्रह

रिपोर्ट नेपाल | 2021 Jul 16 | 12:52 pm 4405

काठमाडौं, साउन १ः गोर्खा सैनीक तथा द क्युन्स गोर्खा इन्जिनीयर एशोशियसनका सदस्य वसन्त भुजेलले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बेलायत सरकारबाट पुराना गोर्खा सैनीकप्रति गरेको विभेद हटाउन पहल गरिदिन आग्रह गरेका छन् ।

No description available.

प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन उनको निजी निवास पुगेका भुजेलले पेन्सनमा विभेद भएको भन्दै भूपू गोर्खा आन्दोलनरत भएको र सुनुवाई नभए भोक हड्तालको घोषणा गरिएको हुँदा त्यसलाई रोक्न कुटनितिक पहल गरिदिन आग्रह गरेका हुन् ।

समयमै पहल नभएमा भोक हड्ताल गर्ने स्थिति पैदा भएमा त्यसले नेपाल र ब्रिटेनको सम्बन्ध विग्रने भएकोले समयमै कदम चालीदिन भुजेलको विशेष आग्रह रहेको थियो ।

भुजेलले प्रधानमन्त्रीसँगको छोटो भेटमा बेलायतको प्रधानमन्त्री अहिलेसम्म नेपाल नआएको र ल्याउन सकिएमा देशले विकासमा ठूलो फड्को मार्ने बताएका थिए ।

बेलायत सरकारले वैकल्पीक उर्जालाई प्राथमिकतामा राखेको जानकारी दिँदै सदस्य भुजेलले वैकल्पीक उर्जा मात्रै सहयोग भयो भने पनि देशको लोड सेटिङ शुन्यमा पुग्ने बताएका थिए । भुजेलको भनाई प्रति प्रधानमन्त्री देउवाले समान पेन्सनका लागि पहल गरिदिने आश्वासन दिएका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.