समाजिक सेवा दिवसको उपलक्ष्यमा सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा रक्तदान

रिपोर्ट नेपाल | 2022 Sep 27 | 03:51 pm 3925

  • महेश सिंह

सिरहा, असोज ११ः सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाले समाजिक सेवा दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । शाखा प्रबन्धक उपेन्द्र नारायण महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाको जिल्ला कार्यसमिति सदस्य महेश कुमार महतोको प्रमुख आतिथ्यता रहेको थियो।

No description available.

रक्तदान जीवन दान महादानको अभियानको नारा बोक्दै सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यक्रमको आयोजना गरेको थियो।

नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र लहानको समन्वयमा करिब २० जनाले रक्त दान गरेको रेडक्रसका कर्मचारी सुनिल कुमार यादवले बताए।

No description available.

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाका जुनियर सहायक हेम नारायण सिंह, रोशन कुमार महतो, संजय कुमार यादव, कटारी शाखाका इन्चार्ज मन माया बास्तोला, कन्चनपुर उप शाखाका इन्चार्ज कमल किशोर साह लगायतका ब्यक्तिहरुले रक्त दान गरेका थिए।

प्रबन्धक महतोले कार्यक्रममा रक्तदान गरेका ब्यक्तिहरुलाई प्रमाणपत्र र टीका लगायत सम्मान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.