समाजसेवी हमाल हिरो अवार्डबाट सम्मानित

रिपोर्ट नेपाल | 2020 Aug 05 | 11:16 am 3021

पर्वत, साउन २१ः आफ्नो ब्यक्तिगत कामलाई भन्दा सधै सामाजिक कार्यमा सक्रिय समाजसेवी तथा नेपाली कांग्रेस पर्वतका युवा नेता विप्लव हमाल हिरो अवार्डबाट सम्मानित भएका छन् ।

समाजसेवी हमाललाई कोभिड–१९ तथा विपदको घडिमा सधै अग्रणी कार्य गर्दै सामाजिक सेवा गरेको भन्दै अमेरिका स्थित हामी नेपाली ग्लोबल नामक संस्थाले हिरो अवार्डबाट सम्मान गरेको हो ।

संस्थाले कोभिड–१९ तथा विपदको अबस्थामा सामाजिक सेवामा लाग्ने नेपालका विभिन्न ठाउँका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

सम्मान गर्ने क्रममा शिक्षा, सामाजिक तथा विपद व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका युवा व्यवसायी हमाललाई छनोट गरेको बताइएको छ ।

रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष तथा हाल शिव माध्यमिक विद्यालय जलजलाका विव्यासका अध्यक्ष समेत रहेका हमालले रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै यसरी सम्मान हुँदा आफू हर्षित भएको बताउँद आउँदा दिनमा अझ क्रियाशिल भएर समाज सेवामा लाग्ने प्रण व्यक्त गरे ।

समाज सेवाका नाममा मेवा खान पल्केका कथित समाजसेवीहरुलाई हमालको यो सम्मानले झापट हानेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.