समाजसेवी संगीताले वृद्धा महिलालाई ग्याँस चुलो उपहार दिएर मनाइन् जन्मदिन

रिपोर्ट नेपाल | 2020 Aug 24 | 04:34 pm 2034

महेश सिंह  सिरहा, भदौ ८ः लहानकी एक समाजसेवी संगीता कर्माचार्यले आफ्नो जन्मदिनको उपलक्ष्यमा एकल महिलालाई ‘ग्याँस–चुलो’ उपहार दिएर जन्मदिन मनाएकी छिन् ।

No description available.

संगिताकी जन्म २०२९ सालमा काठमाडौंको मरुटोलमा बुवा स्वर्गीय दुर्गा नाथ कार्माचार्य र आमा स्वर्गीय उर्मिला कार्माचार्यकी कोखबाट जन्मेकी संगिता अहिले देश ब्यापी रूपमा नेपालको राजनीतिमा सक्रिय रहेकी छिन् ।

उनले जन्मदिनमा मनाउन लाग्ने खर्च बराबरको ‘ग्याँस–चुलो’ खरिद गरी एक वृद्धा ७४ वर्षीय गरीब महिला छोबीदेवी बंगालीनलाई उपहार दिएकी हुन् ।

लहान नगरपालिका ८ स्थित ४० बर्ष अगाडिदेखि बंगालीन लहानको शिव चौकको एक कठघरामा चिया पसल गरी गुजारा गर्दै आएकी छिन्। वृद्धा बंगालिनले २० बर्ष अगाडि श्रीमान गुमाएकी हुन्।

No description available.

बंगालीनका एक छोरा र एक छोरी छन्, छोरीको बिहे भएर श्रीमानको घर गईन्। छोरा शम्भु बंगालिन बिगत १० बर्ष देखि वैदेशिक रोजगारीको लागि मलेसियामा बस्दै आएका छन् । शम्भुको श्रीमती माईतिको घरमा बस्दै आएकी छन् । आमा छोबिदेबी बंगालिनलाई कसैले हेर्चा गर्दैन।

वृद्धा बंगालिन भन्छिन् श्रीमान हुँदाखेरी केही समस्या थिएन वहाँ बित्नु भयो समस्या एक्कासी मेरोमा आईसक्यो। श्रीमान् दिगोन चन्द्र देब क्षयरोगबाट बर्सौदेखि ग्रसित थिए ।

छोबि देबि बंगालीन अहिले ७३ बर्षकी छिन् । नेपाल सरकारबाट दिने गरेको समाजिक सुरक्षा भत्ताको सहाराले बाचेकी छिन् ।

केही दिन अगाडि उनको कठघरामा रहेको ग्यास चुलो समेत चोरी भएपछि लकडाउनमा गुजारा चलाउन समस्या परेको थियो ।

समाजसेवी संगिताले यो कुरा थाहा पाएपछि आफ्नो जन्मदिनको अवसर पारेर ग्याँस चुलो उपहार दिइन् । ‘ग्याँस–चुलो’ पाएपछि उनी खुःशीले भइन् ।

‘ग्याँस–चुलो’ बुझ्दै ति एकल महिलाले समाजसेवी संगीतालाई जन्मदिनको शुभकामना समेत दिइन् ।

समाजसेवी संगीता र उनका पति महेश चौधरी पछिल्लो समय सिरहामा निकै चर्चामा आएका छन्। लकडाउनबाट प्रभावित र हातमुख जोड्न समस्यामा परेका लहानका हजारौं गरिब दलितलाई राहत बाँडेपछि महेश र संगीता की जताततै ब्यापक चर्चा चुलिँदै छ।

लहानमा अहिले महेश र संगीतालाई ‘मस’जाडी भनेर चिन्न थालेका छन्। केही साता अगाडी काङ्ग्रेस नेता महेश चौधरीले सिरहाको लहान नगरपालिका २४ पंकीटोलको दलित बस्तीमा इनार निर्माण गरी आफ्नो जन्मदिन मनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.