समाजसेवी बसन्तले गरे भुजेल दाजुभाईलाई न्यानो कपडा वितरण

| 2020 Dec 24 | 09:35 am 4845

गोर्खा फुजेल, पुस ९ः समाजसेवी बसन्त भुजेलले मठमन्दिर धाएर पुजा आजा गर्नु र घरमा महायज्ञ गर्नु भन्दा असहाय अपाङ्गको सेवा गर्नुमा हजार गुणा धर्म हुने बताएका छन् ।

समाजसेवी भुजेलले गोर्खा जिल्लाको गण्डकी गाउँपालिका वडा नं.३ फुजेलमा रहेका ५५ वर्षीय रामबहादुर भुजेल र ४५ वर्षीय चङ्खबहादुर भुजेललाई जाडोको न्यानो कपडा हस्तान्तरण गर्दै उक्त कुरा बताएका हुन् ।

No description available.

२०७२ सालको भूकम्पले घर भत्किएर गोठमा बस्दै आएका चार जना अपाङ्ग भुजेल परिवारको विचल्ली देखेपछि समाजिक अभियान्ता रेखा तामाङले भुजेल परिवारको घर निर्माणका लागि अभियान चलाएर घर निर्माण भई सकेको छ ।

घर हस्तान्तरण कार्यक्रममा पुगेका समाजसेवी बसन्त भुजेलले भुजेल परिवारको दुर्दशा देखेपछि आफूले केही सहयोग गर्ने बचन दिए बमोजिम बुधबार भुजेल फुजेल पुगेर जिवित रहेको रामबहादुर र चङ्ख भुजेललाई न्यानो कपडाका साथै नगद रकम हस्तान्तरण गरेका छन् ।

समाजसेवी भुजेलले अपाङ्ग रहेका रामबहादुर र चङ्खलाई दुई थान फाइबर सिरक, ज्याकेट, टाउजर, हाइनेक, टोपी, मोजा, जुत्ता, हिटर लगायत नगद हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा समाजसेवी भुजेलले देश बिदेशमा बस्ने सहयोगी मनलाई भुजेल जस्ता अपाङ्गलाई सहयोग गर्न आग्रह गरेका थिए ।

समाजसेवी भुजेलले आफू शारिरीक रुपमा अपाङ्ग रहे पनि बौद्धिक रुपमा सही रहेको भन्दै सहयोगका लागि आम नेपालीसँग आग्रह गरेका थिए ।

कार्यक्रममा सामाजिक अभियान्ता रेखा तामाङले आफू भुजेल परिवारको नजिक आउँदा छुट्टै आनन्द आउने गरेको बताइन् । तामाङको सकृयतामा भुजेल दाजुभाइका लागि तीनकोठे भवन निर्माण भएको छ ।

अपाङ्ग भुजेल परिवारलाई तामाङले टिभी, फ्रिज, सोलर बत्तीलगायत विविध सामाग्री जुटाई दिएकी छिन् । न्यानो कपडा हस्तान्तरण कार्यक्रममा बोल्दै भियान्ता तामाङले यो परिवारको हाँसी खुशी देख्दा आफूलाई आनन्द आउने बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.