- महेश सिंह
महतो सिरहा, बैशाख २८ः मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा समाजसेवी महेश चौधरी र संगिता कार्माचायले सुति सारी र मिठाई वितरण गरेका छन् ।

लहान नगरपालिका भित्र रहेका २१ जना असहाय, एकल महिला तथा सानो चिया पसल गरी जिविकोपार्जन गर्दै आएका महिलाहरुलाई आफ्नै आमा सम्झेर २१ जना वृद्धा महिलाहरुलाई आमाको सम्मान स्वरुप प्रति ब्यक्ति १ थान सुति सारी र मिठाई वितरण वितरण गरेका हुन् ।

समाजसेवी चौधरी र कर्माचायले पछिल्लो समय निकै चर्चा बटुलेका थिए । श्रीमान र श्रीमतीले दिन दुःखिहरुको लागि सहारा बन्दै गएका छन् ।

गत वर्षको लकडाउनमा लहान नगरपालिकाले गर्न नसक्ने काम श्रीमान र श्रीमतीले गरेका थिए । उनीहरुले लकडाउनको मारमा परेका गरीब पीडितहरुको हात मुख जोड्नमा निकै सहयोग गरेका थिए ।