सभामुख सापकोटाले असंवैधनिक नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा

| 2021 Feb 05 | 11:34 am 3837

काठमाडौं, माघ २३ः सभामुख अग्नि सापकोटाले संवैधानिक आयोगहरुमा भएको असंवैधनिक नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने भएका छन् । उक्त कार्यका लागि सभामुख सापकोटा अहिले सर्वोच्च अदालत पुगिसकेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्रीले  केपी शर्मा ओलीले अध्यादेशमाफर्त संवैधनिक परिषद् बैठक बोलाएर आयोगहरुमा ३२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । उक्त परिषद बैठकमा समेत सहभागी नभएका सभामुख सापकोटाले नियुक्तिको सिफारिसलाई असंवैधानिक भन्दै फिर्ता पठाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.