सभामुख र उपसभामुख कुनै पनि पार्टीमा छैनन् – प्रचण्ड

रिपोर्ट नेपाल | 2018 Jun 12 | 02:43 pm 3265

चितवन जेठ २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा नभएको बताएका छन् । मंगलबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले अहिले सभामुख र उपसभामुख कुनै पनि पार्टीमा नरहेका हुन् ।

संविधानमा सभामूख र उपसभामूख एउटै दलको नहुने व्यवस्था छ । कांग्रेसले एकै पार्टीबाट सभामुख र उपसभामुख भएको भन्दै फेर्नुपर्ने आवाज उठाइरहेको छ । तर प्रचण्ले सभामूख र उपसभामूख पार्टीमा नहरेको बताएका छन् । उनले भने जितिबेला सभामूख र उपसभामूखको चुनाव भयो, त्यतिबेला उहाँहरु फरक पार्टीबाट नै त्यहाँ पुग्नुभो । अहिले सभामूख र उपसभामूख पनि कुनै पार्टीमा हुनुहुन्न । उहाँहरु दुवैले पार्टीबाट राजीनामा दिनुभएको छ ।’

उनले पार्टीमा हुँदै नभएको सभामुख तथा उपसभामुख पार्टीकै हो भन्नुनै गलत भएको र कुनै पनि पार्टीमा नरहेकाले फेर्न आवश्यक नरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.