सभामुख महराद्वारा रिपोर्ट नेपालको उद्‍घाटन

रिपोर्ट नेपाल | 2018 May 29 | 05:09 am 4425

काठमाडौं, जेठ १५ः सभामुख कृष्ण बहादुर महराद्वारा रिपोर्ट नेपाल अनलाइन पत्रिकाको शुभारम्भ भएको छ ।

रमेश गीरी महाप्रबन्धक, कृष्ण सापकोटा निर्देशक तथा महेन्द्र पाण्डेयको सम्पादकत्वमा सुरु गरिएको अनलाइनको गणतन्त्र दिवसको अवसरमा मंगलबार सभामुख महराले ठमेलस्थित मनाङ होटलमा स्विच थिचेर पत्रिकाको शुभारम्भ गरेका हुन ।

कार्यक्रमकाे सभापतित्व बुद्धभूमी सञ्चारगृहकी अध्यक्ष शारदा पाठकले गरेकी थिइन ।

कार्यक्रममा बोल्दै सभामुख महराले रिपोर्ट नेपाललाई रिपोर्ट नेपाल देशको मिसन पुरा गर्न अघि बढ्न सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दै हरेक समाचार सत्य, विश्वसनिय तथा सन्तुलित समाचारहरु सम्प्रेषण गर्नुपर्ने सुझाव दिएका हुन् ।

सभामुख महराले प्रविधिको विकासले मानिसको जिवनशैलीलाई परिवर्तन गरिदिएको बताए । उनले भने, ‘केही सजिलोका साथै अनलाइनमा थुप्रै चुनौतीहरु रहेका छन् । ती चुनौतीहरुलाई चिर्न रिपोर्ट नेपाल सक्षम होस् ।’

मिडियाले कुनै राजनीतिक दल तथा कुनै व्यक्तिको मिसनमा लाग्यो भने मुलुकलाई हित नगर्ने सभामुख महराले बताए ।

कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै अनलाइनका महाप्रबन्धक रमेश गिरीले रिपोर्ट नेपालले समाजका विकृति तथा विसंगतिलाई भण्डारफोर गर्न तथा मुलुकको विकासका लागि नयाँ आयाम थप्न पहल गर्ने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै पत्रिका कार्यकारी सम्पादक महेन्द्र पाण्डेयले रिपोर्ट नेपाल लिगलिगे दौड जितेर राजा बन्ने प्रवृतिमा नलाग्ने बताए । उनले भने, ‘हामी हरेक समाचारलाई सत्य र सन्तुलित रुपमा सम्प्रेषण गरी मुलुकको समृद्धिको सपना पुरा गर्न लागि पर्ने बताए ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा बुद्धभूमी सञ्चार गृहकी अध्यक्ष शारदा पाठकले रिपोर्ट नेपाल भ्रष्ट्राचारमुक्त समाज स्थापना गर्ने अभियानमा अघि बढ्ने बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.