सभामुखले बोलाएको सर्वदलीय बैठक जारी

| 2024 Sep 15 | 12:01 pm 249

काठमाडौँ ३० भदौ / सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छ ।

जारी बैठकमा राष्ट्रिय पार्टीका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी छन् ।

बैठकमा उपसभामुख इन्दिरा रानासहित नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.