सभामुखका लागि डीपी अर्यालले गराए मनोनयन दर्ता

| 2026 Apr 03 | 11:43 am 709

चैत २० काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद अर्यालले आज बिहान ११ बजे प्रतिनिधि सभा सभामुख पदमा आफ्नो मनोनयन दर्ता गरेका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद भएकोले अर्यालको सभामुख पदमा निर्वाचित हुने निश्चित छ।

संसदमा रास्वपाको एकल बहुमत रहेको हुँदा अर्याल सभामुख बन्ने निश्चित छ । लामिछानेले अर्याललाई सभामुख बनाउन प्रस्तावक बसेका छन् भने स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतम समर्थक बसेका छन् । बिहीबार रास्वपाले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखका लागि आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

२२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ताक्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.