काठमाडौं मंसिर १/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,बरिस्ठ नेता शेखर काेइराला,महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा गुल्मी जाने भएका छन। अगामी मंसिर ९ र १० गते गुल्मीकाे सदरमुकाम तमघासमा हुने गुल्मी कांग्रेसको दाेस्राे सम्मेलनलाई सम्बाेधन गर्न सभापति देउवा सहित केन्द्रीय नेता जाने भएका हुन।सम्मेलनलाई भब्य बनाउनका लागि जिल्लाका सवै वडा र पालिकाकाे समेत सम्मेलन सम्पन्न भइसकेका छन।सम्मेलनमा केन्द्रीय सदस्य चन्द्र भण्डारी र चन्द्र केसी समेत जाने भएका छन।सम्मेलन बारे रिपोर्ट नेपाल डटकमलाई जानकारी दिदै गुल्मी कांग्रेस सभापति खिलध्वज पन्थीले सम्मेलनले एकताकाे सन्देश दिने बताए ।सम्मेलनलाई व्यवस्थित र भब्य बनाउनका लागि विभिन्न समितिहरू बनाइएको जनाइएको छ।