सभापति देउवाले बोलाए पदाधिकारी बैठक

रिपोर्ट नेपाल | 2024 Jun 30 | 03:05 pm 341

 

काठमाडौँ १६ असार / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ । कांग्रेसका ११ वटा भ्रातृ संस्थाको तदर्थ समितिमै सीमित रहेको छ ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका थिए । उक्त छलफल कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका भइरहेका बेला कांग्रेसको पदाधिकारी बैठक बस्ने लागेको हो ।

एमाले र माओवादीको सत्तासहयात्रामा केही चिसोपन आइरहेका बेलाले शनिबार देउवा र ‌ओलीले लामो संवाद गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.