सभापति देउवाले किन बाेलाए एक्कासी पदाधिकारी बैठक ?

| 2023 Jul 25 | 03:34 pm 2649

काठमाडौं, साउन ९ । नेपाली कांग्रेसको एक वर्षमा बसेको केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभापति शेरबहादुर देउवाले एक्कासी आज अपरान्ह ४ बजे पदाधिकारीको बैठक बोलाएका छन्।

हाल भाडामा रहेको देउवा निवास धुम्बाराहीमा बोलाइएको बैठकका विषयमा भने खासै जानकारी नभएको एक केन्द्रीय सदस्यले रिपोर्ट नेपाललाई बताए । भोली ४ बजे पूनः केन्द्रीय समितिको बैठक बस्ने र बैठकका क्रममा उठेका जिज्ञासाको उत्तर सम्बन्धीत पदाधिकारीले दिने कार्यक्रम रहेको छ ।

केन्द्रीय समितिको बैठकमा भातृ संस्थाका महाधिवेशन विभागहरुका गठन नीति अधिवेशनका विषयमा सदस्यहरुले चर्को आवाज उठाएका थिए ।

केन्द्रीय समितिको बैठक स्थगित गरेर बोलाइएको पदाधिकारी बैठकका विषयमा भने केन्द्रीय सदस्यहरु सशंकित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.