काठमाडौ,असार १९ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शिर्ष नेताको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ।
बैठकमा आगामि भदौमा गर्ने भनिएको महासमिति बैठक लगाएत सरकारको काम कार्वाहीका बारेमा केन्द्रीत रहेको बुझिएको छ।महासमिति बैठक भदौको अन्तिममा गर्ने कि असोजको पहिलो हप्ता भन्ने विषयमा छलफल भईरहेको छ। बैठक गर्ने ठाउँको विषयमा पनि छलफल चलाईएको छ।
भैरहवा र काठमाडौ मध्य एक ठाउँमा बैठक हुने भएको हो। ड. गोविन्द केसीको आमरण अनसन र सरकारले गरेको अमानविय कार्यको विषयमा पनि छलफल गरिएको छ।बैठकमा बरिस्ठ नेता रामचन्द्र पौडेल,उपसभापति विमलेन्द्र निधि,संशाक कोईराला ,प्रकाशशरण महत लगाएतका अन्य नेताको उपस्थित रहेको छ।