सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्‍चे हिमाल सफाई अभियान सम्पन्‍न

| 2023 May 20 | 08:16 am 557

काठमाडाैं, जेठ ६ः सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्‍चे हिमाल सफाई अभियान सम्पन्‍न भएको छ । क्याम्पेन लिडर सेनानी समिर बहादुर बस्नेतको नेतृत्वमा खट्टिएको नेपाली सेनाको आठ जना र शेर्पा सहयोगी सहितको टोलीले बरुञ्‍चे हिमालको आधार शिविरबाट संकलित Bio- degradable ३,०५० के.जी. फोहोर मिति २०८० बैशाख ३० गते एक कार्यक्रमका बीच महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङलाई हस्तान्तरण गर्‍यो ।

उक्त टोलीले संकलन गरेको Non-biodegradable १५,४७० के.जी. फोहोर काठमाण्डौं ल्याई आज मिति २०८० जेठ ५ गते क्याम्पेन डाईरेक्टर तथा श्री राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले Waste Management Company “Creation ventures Pvt Ltd” का प्रतिनिधिलाई हस्तान्तरण गरे ।

यसअघि मिति २०८० बैशाख २७ गते सफा हिमाल अभियान अन्तर्गत अन्‍नपूर्ण हिमालबाट संकलित फोहोर हस्तान्तरण भईसकेको छ भने सगरमाथा र ल्होत्से हिमालको सफाई जारी रहेको छ । यो अभियान विश्व वातावरण दिवस (June 5) मा समापन हुनेछ ।

यसैबिच सगरमाथा आरोहण गरी फर्कने क्रममा निधन भएका फूर्वा शेर्पाको पार्थिव शरिरलाई नेपाली सेनाको हेलीकोप्टरद्वारा उनको गृह जिल्ला संखुवासभा पुर्‍याई पोष्टमार्टम पश्चात परिवारजनलाई बुझाइएको छ ।

सफा हिमाल अभियानमा संलग्न भई हिमाल आरोहणको क्रममा बिरामी भई उपचाररत सबै आरोहीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.