काठमाडौं, असार ४ः चन्द्रागिरी नगरपालिकामा मुख्य कार्यालय राखेका सफल महिला उद्यमी सेवा केन्द्रले महिलालाई आत्मनिर्भर बनाउने विभिन्न कार्यक्रम गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको संस्थाको अध्यक्षमा सम्झना प्रधान रहेकी छन् ।

नव गठित संस्थाको संस्थापक उपाध्यक्षमा सुलोचना श्रेष्ठ, सचिव रोजिना सुवेदी, कोषध्यक्ष अनिमा श्रेष्ठ रहेका छन् । संस्थाको सदस्यमा कलाकार मञ्जु पौडेल, सरला केसी, सुमन थापा, पुजा तामाङ, मधु आचार्य रहेका छन् ।
संस्थाको थानकोटमा बसेको बैठकले आविजन र साधारण सदस्य विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रकी अध्यक्ष सम्झना प्रधानका अनुसार आर्थिक रुपमा विपन्न महिलाहरुलाई सीपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने प्रमुख उद्देश्य रहेको छ ।
संस्थाले आर्थिक अभावमा प्रसुती जस्तो प्रसव पीडामा रहेका महिलाहरुलाई अस्पताल लैजाने देखि समाजमा रहेका विकृती र विसंगती हटाउने अभियान चलाउने जनाइएको छ ।