सप्तरी–३ को (ख)मा जनमत पार्टी विजयी

रिपोर्ट नेपाल | 2022 Nov 23 | 02:23 pm 233

सप्तरी, मंसिर ७ः सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । सप्तरी–३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार आज सम्पन्न मतपरिणम अनुसार उनी ४८ मतान्तरले विजयी भएका हुन् ।

निकटमप्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विदेश्वरप्रसाद यादवले १० हजार आठ सय १४ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले नौ हजार दुई सय एक मत प्राप्त गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.