सप्तरी २ बाट जनमतका सिके राउत विजयी

| 2022 Nov 23 | 05:15 pm 129

सप्तरी, मंसिर ७ः सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित भएका छन् । त्यस क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी भएका हुन् भने उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर १८ हजार ६३ रहेको छ ।

सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले सात हजार ३४७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ६० हजार ९२१ मत सदर र तीन हजार २९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.