सप्तरीमा एक युवकको हत्या अपराधीलाई कडा कारबाहीको माग

रिपोर्ट नेपाल | 2020 Jul 17 | 12:45 pm 2040

महेश सिंह सिरहा, साउन २ः अज्ञात समुहद्वारा सप्तरीमा युवकको निर्मम हत्या भएको छ । हत्या हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका कचनदाहाका त्रिभुवन राम रहेका छन् । उनलाई अज्ञात समूहले अपहरण गरी हत्या गरेको हो ।

हत्याको घटना दिन प्रति दिन घाट्दै गएको छ । नेपालमा शान्ति सुरक्षाको भरोसानै नरहेको स्थानीयको आरोप रहेको छ । उक्त घटना प्रति गम्भीर ध्यानाकर्षण भएको छ।

प्रदेश नम्बर २ मा मधेसी दलितहरूमाथि दिनदिनै जातीय छुवाछूत, विभेद, हत्या, हिंसा बढिरहेको बेलामा तीनै तहका सरकारको आँखा कहाँ बाङ्गिएको छ ? दलितमाथि किन जादैन ।

प्रदेशमा उच्च जातजातिका ब्यक्तिमाथि समान्य घटना घटेको भए पुरै नेपाल तातिने थियो। तर गरिब निमुखा बिपन्न र मधेसका जिल्लामा गैर दलितद्वारा र सरकारका जिम्मेवार निकायद्वारा हत्या हुदा पनि सरकार आँखा बन्दगरेको छ ।

नागरिक समाज र राजनीति दलहरुको मुखमा बोलि नै छैन । दलितमाथि एकपछि अर्को गरी भैरहेको नरसंहारको विरुद्ध संघर्ष जरूरी देखिन्छ ।

घटनामा न्यायको लागि विभिन्न जिल्लाबाट पुगेका संयुक्त दलित मोर्चाका केन्द्रीय संयोजक शिव कुमार महरा र दलित अधिकारकर्मी हरिन्नदन अम्बेडकर तथा अगुवा नेताहरू पुगेका छन्।

दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले घटनाको निश्पक्ष छानविन र दोषिमाथि कारवाहिको माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.