सप्तकोसी नदीमा पानीको बहाव यसै वर्षकै उच्च, ४८ वटा ढोका खोलियो

रिपोर्ट नेपाल | 2020 Jul 21 | 09:23 am 1867

सुनसरी, साउन ६ः देशैभर लगातार रुपमा दुई दिनदेखि परेको अबिरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यसै वर्षकै उच्च भएको छ ।

मंगलबार बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानीको बहाब उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

बहावले खतराको सतह पार गरेपछि प्रशासनद्वारा तटीय क्षेत्रमा रहेका बस्तीमा सर्तक रहन आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.