सप्तकोशीमा डोजर बोकेको ट्रक खस्यो, २ को मृत्यु, ९ को उद्दार

| 2018 Jun 20 | 03:09 pm 3256

 सुनसरी, असार ६ : सप्तकोशीमा डोजर बोकेको ट्रक खस्दाँ दुई जनाको मृत्यु भएको छ । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक राजन अधिकारी अनुसार मृत्यु हुनेमा विनोद बराइली र घनश्याम चौधरी छन् । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको हो ।

घटनामा ९ जनालाई उद्दार गरिएको थियो । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.