- महेश सिंह
सिरहा, असार ३०ः वैदेशिक रोजगारमा श्रीमान गुमाएकी सजन महतोलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाद्वारा मृत्यु दावी भुक्तानी प्रदान गरेको छ । बैदेशिक रोजगारका लागि कतार जाने भएपछि उनले उक्त इन्स्योेरेन्स कम्पनीमा जिवन बिमा गरेका थिए । सोही अनुरुप शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले प्रदान गरेका हुन । पीडित सहन महतोलाई क्रिया खर्च सहित १४ लाख रकम सहयोग गरेका छन्।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ कलापानी बस्ने रामदत महतो र आमा पानो देवी महतोको ३ छोरा मध्ये जेठो छोरा ३५ वर्षिय बिजय कुमार महतोको करिब ४ महिना अगाडि कतारमा मृत्यु भएको थियो।
घरको आर्थिक अवस्था निकै कमजोर रहेको महतो वैदेशिक रोजगारका लागि कतार पुगेका थिए। विलडिङ्ग निर्माण कम्पनीमा लेबरको काम गर्दै आएका उनको अचानक पेट दुखेर मृत्यु भएको परिवारजनले बताए।
२०७९ बैशाख २२ गते बिजय महतोको मृत्यु भएको थियो। मृतक महतोको एक श्रीमती एक छोरा र ३ छोरी छन्।