- महेश सिंह
सिरहा, कात्तिक १: लहान स्थित रहेको सन नेपाल लाईफ इन्स्योरेन्सको शाखा कार्यालयले चौध लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका ५ को जमुना माझीको २० बर्षय छोरा बिजय कुमार माझीले २०७५ साल मंसिर ४ गते मंगलबार सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंबाट १० लाखको वैदेशिक रोजगार अन्तरगतको म्यादी बिमा उक्त लाईफ इन्सुरेन्स कम्पनीमा बिमा गराएको थियो ।
माझी दुई भाई मध्येका कान्छो भाई हुन् । २० वर्षीय माझीले बिमा पशचात २०७५ सालमा केही दिन मै वैदेशिक रोजगारीको लागि कतार पुगेका थिए । माझी कतारको water master qatar wll कम्पनीमा पुगेका थिए । माझीको राहदानी नम्बर १०५७५३५५ र sticker नम्बर ०४४५२६०२० र विजयको बिमा लेख नम्बर FE १०००२२१७ रहेको परिवारजनले जानकारी दिए ।
माझीले कतार पुग्नु आगाबै काठमाडौंको P.k. Diagnostic center pvt . Ltd बाट मेडिकल गराई कतार पुगेका थिए । कम्पनीमा माझीले काम गर्दै जादा एक दिन अचानक कान दुख्न थालेको थियो । बिजयलाई कान दुख्ने लगत्तै कम्पनीले होस्पिटल पुर्याएका थिए ।
होस्पिटलमा माझीलाई डाक्टरले ब्रेनको रोग प्रमाणित गरी ब्रेनलाई अप्रेसन गरेको केही दिन मै माझीको कतारमै मृत्यु भएको परिवारजनले बताए ।
माझीको मृत्यु पछि सन नेपाल लाईफ इन्सुरेन्सको लहान साख कार्यालयले कर बाहेक १४ लाखको मृत्यु दाबी भुक्तानीको चेक माझीको बुवालाई हस्तान्तरण गरेको, सन नेपाल लाईफ इन्सुरेन्सको शाखा कार्यालय लहान साखाको शाखा प्रबन्धक उपेन्द्र नारायण महतो बताए ।