सन नेपालद्वारा अङभङ्ग भएका ब्यक्तिलाई औषधी उपचार वापत आर्थिक सहयोग

रिपोर्ट नेपाल | 2022 May 25 | 09:03 am 2313

  • महेश सिंह

सिरहा, जेठ ११ः वैदेशिक रोजगार म्यादी जिवन बिमा अन्तर्गत सडक दुर्घटनाबाट अङभङ्ग भएका परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान ब्रान्चका शाखा प्रबन्धक उपेन्द्र नारायण महतोद्वारा औषधी उपचार वापत पीडित परिवारलाई एक लाख आर्थिक सहयोग गरेका छन्।

सप्तरीको अगनीसाईर कृष्ण सावर्न गाउँपालिका वडा नम्बर १ जण्डौल बस्ने बर्ष ३९ वर्षीय मो कुदुस खलिफाले आफ्नै घरबाट मोटरसाईकलमा पछाडि बसेर घर नजिकै रहेको बजार जाने क्रममा बिपरित दिसाबाट आउदै गरेको मोटरसाईकलले २०७८ फाल्गुन २५ गते ठक्कर दिदा खलिफालाई टाउकोमा गम्भीर चोट लागेको र दाहिने खुट्टा पुरै फ्याकचर भएर गम्भीर घाइते भएका थिए।

घाइते खलिफालाई बिराटनगरको गोल्डेन होस्पिटलमा उपचार गराइएको थियो। उपचाररत रहेका खलिफालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले औषधी उपचार वापत १ लाख आर्थिक सहयोग गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.