- महेश सिंह
सिरहा, पुस ५ः सन नेपाल लाइफ इन्स्योरेन्स लहान शाखाले जीवन बिमा मार्फतको मृत्युदाबी रकम भुक्तानी गरेको छ । भुक्तानी हुनेमा सुरुङ्गा नगरपालिका वडा नम्बर १ कोरिया गाउँका बीरबहादुर बलम्पाकी मगर र आमा भिम माया बलम्पाकी मगरकी २७ वर्षिय छोरा डिक बहादुर बलम्पाकी मगरको मृत्यु भएपछि उक्त रकम दिइएको हो ।
कामको सिलसिलामा वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा कार्यरत मगर काम गरेर कोठा फर्किने क्रममा बिपि बढेर ब्रेनड हेमरेज भएर २०७९, कार्तिक १५ गते फुलपातीको दिन मृत्यु भएको थियो।
घरको आर्थिक अवस्था निकै कम्जोर रहेको र घरको जग्गा जमीनसमेत खोलाले बगाएको छ। आर्थिक रुपले निकै बिपन्न रहेको छ । उनी पहिलो पल्ट मलेसिया पुगेका थिए। मलेसियामा कमाई राम्रो नभएर दोश्रो पल्ट साउदी अरेबिया पुगेका थिए।
घरबाट बिदेश गएको ८ महिना नबित्दै मगरको मृत्यु भएको हो। उनको बिमा अभिलेख नम्बर ँभ्ज्ञण्ण्ण्घघद्दडटण् रहेको छ। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाका म्यानेजर उपेन्द्र नारायण महतोले त्यस्ता पीडित परिवारलाई खोजी खोजी मृत्यु दाबी भुक्तानी दिने गरेका छन्।
छोरा मृत्युको शोकमा रहेका बुवा र आमालाई प्रबन्धक महतोले क्रियाखर्च सहित स्थानीय मृतकको दिदी पर्ने डक कुमारी बलम्पाकी मगर र पत्रकार महेश सिंहको रोहबरमा माछापुच्छ्रे बैंककको १४ लाखको चेक प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित मगरलाई हस्तान्तरण गरेका छन्। प्रबन्धक महतोले आफ्नो काम र कर्तव्य प्रति जिम्मेवारीपूर्ण रुपले काम गर्ने ब्यक्ति हुन्।