काठमाडौँ २५ पुष / क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर मुद्दामा बहस सकिएको छ । जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस थियो । भर्खरै बहस सकिएकाले केहीबेरमै लामिछानेमाथिको सजाय तोकिने छ ।
यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।