काठमाडौँ , पुष १३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज बहस सकिंदै छ। लामिछाने पक्षबाट दुइजना कानुन ब्यबसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै आज बहस सकिने छ।
जवाफी बहस सकिएसँगै न्यायाधीशले फैसला लेखेपछि जिल्ला अदालतबाट मुद्दाले किनारा पाउने छ। शुक्रबार पनि १०ः३० देखी बहस निरन्तर सुरु हुने छ। सन्दीप पक्षबाट बरिष्ठ अधिबक्ता रमन कुमार श्रेष्ठ र सन्दीपका कानुन ब्यबसायी सरोज कृष्ण घिमीरेले आज बहस गर्ने छन्।
यसअघि ११ वैशाखमा पहिलो पटक सर्वोच्चको आदेशपछि फाइनल सुनुवाइ सुरु भएको थियो। न्यायाधीश दीपक ढकालको इजलासमा सरकारी पक्षका वकिलहरुले ४ घण्टा बढी बहस गरिसकेका थिए।
न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन हुँदै मुद्दा फेरि लम्बिन पुगेको थियो।