काठमाडाैं, साउन ३२ । न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ की आमाको जन्ममिति दुई खालको देखिएको भन्दै प्रमाणीकरण गर्न आदेश दिएसँगै क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ।
इजलासले जन्ममिति प्रमाणीकरण गरेर ल्याएपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ। अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको छ।
विभिन्न कारणले निरन्तर रुपमा स्थगित हुँदै आएको लामिछानेको मुद्दा आज किनारा लाग्ने अनुमान गरिएको थियो। तर आज पीडित भनीएकी आमाको जन्ममिति विवादित हुँदा रोकिएको छ।