काठमाडौं, असार १०ः दक्षिणकालीमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ सुरेश तिमल्सिना रहेका छन् ।
महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको हो । असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएकाे अनुसन्धानबाट खुलेकाे छ ।
मृतक सुब्बाको शव पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक फेला परेको थियो ।